Messenger Rooms के हो ? र कसरी प्रयोग गर्ने ?

2
132

Messenger Rooms Facebook को एउटा येस्तो नयाँ तरिका हो । जहाँ तपाईंले आफ्ना मन पर्ने साथीहरू संग Video Chat गर्न सक्नु हुन्छ । र यो प्रणाली तपाईंले आफ्नो Android मोबाइल र Laptop वा Computer दुबैमा प्रयोग गर्न सक्नु हुन्छ । तपाईंले यस प्रणाली को मदतले  Voice Call र Video Call दुबै गर्न सक्नु हुन्छ । यो Apps सबैले download गर्नु पर्दैन । तपाईं जो संग Messenger Rooms बाट कुरा गर्न चाहनु हुन्छ, भने त्यसलाइ एउटा निमन्त्रणा Link मात्र पठाउनु पर्छ । येदि त्यो व्यक्तिले पठाइएको निमन्त्रणा Link स्वीकार  गरेयो भने तपाईं दुबै को बिच कुराकनि सुचारु भइ हाल्छ । 

Messenger Rooms कसरी प्रयोग गर्ने ?

तपाईंले Messenger Rooms प्रयोग गर्न कुनै ठुलो कार्य गर्नु पर्दैन । तपाईंले आफ्नो Facebook मा गएर Create Rooms मा मात्र Click गर्नु पर्छ । र तपाईंले जुन साथी संग Rooms मा कुरा गर्न चाहनु हुन्छ । त्यसको Messenger मा Click गरे पछी निमन्त्रणा Link तपाईंको साथीलाइ पुगिहाल्छ । अनि उसले त्यो निमन्त्रणा Link स्वीकार गरेपछि तपाईं दुबै को बीच कुराकानी हुन सुरु भइहाल्छ । 


 Facebook Messenger Rooms का अन्य बिसेसतहरु :-


१. तपाईंले Messenger Rooms प्रयोग गर्नको लागि कुनै फेस्बुक खाता खोल्नु पर्दैन । तपाईंले खुलेको Rooms को Link मा Click गरि जुट्न सक्नु हुन्छ । र येसको लागि फेस्बुक खाता ना भए पनि Rooms प्रयोग गर्न मिल्छ । 


२. तपाईंले जुनसुकै ठाँउ बाट Rooms प्रयोग गर्न सक्नुहुन्छ । चाहे त्यो Facebook News Feed मा होस् , चाहे त्यो Facebook Events वा Facebook Groups मा होस् । तपाईंले जहाँ Rooms देख्नु हुन्छ अनि त्यसमा जुट्न चाह्नु हुन्छ भने Join Button मा Click गरि जुट्न सक्नु हुन्छ । 

३. तपाईंले अधिकतम ५० जना साथिहरुलाइ Messenger Rooms को लागि निमन्त्रणा दिन सक्नु हुन्छ र तिनीहरुसंग कुरा गर्न सक्नु हुन्छ । यदि त्यस भन्दा बढी साथीसंग कुरा गर्ना चाहनु हुन्छ भने Desktop Apps को प्रयोग गर्नुपर्छ । त्यस app को मदतले तपाईं ५० भन्दा बढी व्यक्तिहरुसंग कुरा गर्न सक्नु हुन्छ । 

४. तपाईंले आफ्नो Chat Room लाइ अलि रोचक बनाउन सक्नु हुन्छ । तपाईंले Chat Rooms को Camera मा गएर Filters, Mood Lighting, ३६०° background वा Themed Events लाइ परिवर्तन गर्न सक्नु हुन्छ । 

५. तपाईंले Messenger Rooms मा अफ्नो ईच्छाले जति लामो समयसम्मा कुराकानी गर्न सक्नु हुन्छ त्यसको लागि कुनै निषेध छैन । 

६. तपाईंले आफ्नो Rooms को  Manager आफैँ हुनुहुन्छ । तपाईंले जुन व्यक्तिलाइ अफ्नो Rooms मा Join गर्न चहनु हुन्छ , त्यो मात्र तपाईंको Rooms मा Join हुन सक्छ । 

७. तपाईंले जुनसुकै सामाजिक संजाल बाट आफ्नो साथिहरुसंग Room Create गर्न सक्नु हुन्छ । चाहे त्यो Facebook, Messenger, Instagram वा Whatsapp होस् । र यो कार्य तपाईंले संसारको कुनैपनि कुनामा बसेर गर्न सक्नु हुन्छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here