२४ घन्टा भित्र लुम्बिनी जाने मुख्य बाटो बाढीमा डुबियो

आज को ताजा खबर , नेपाल को रुपन्देही जिल्ला मा एकासी वर्षा भएको हुनाले लुम्बिनी जाने मुख्य बाटो बाढी को पानी मा डुबियो । एक दिन पहिला येहि नदि मा पानी को स्तर आधा थियो । अनि गयेको ३ दिन देखि एकदम जोरशीत दिन भरी बादल लागेको थियो र हरेक राति भारि पानी परिरहेको थियो ।

यहाँ का मान्छेहरु आआफ्नो काम मा जसरी तसरी ब्यस्त थिए । तर अचानक् पर्सि राति मौसम बिभाग को एउटा सन्देश हरेक व्यक्ति को मोबाईल मा आयो ।

“श्रावण ५, विहान ००;३० बजे
पछिल्लो ३ घण्टामा रूपन्देहीको सुर्यपूरा, कपिलबस्तुको बाणगंगा आसपास अति भारी बर्षा भएकाले बाणगंगा, कञ्चनखोला, तिनाउखोलाको तल्लो तटिय क्षेत्र र स-साना खोलामा खतराको तह सम्मको बाढी आउन सक्छ, विहान सम्मै सतर्क रहौ ।
जल तथा मौसम विज्ञान विभाग”

तब यहाँ का मान्छेहरु अलि सतर्क भए । मान्छेहरुले हिजो बिहान हेरे कि पानी को स्तर थोरै थोरै बाध्न थल्यो । हिजो फ़ेरि मौसम बिभाग को एउटा सन्देश आयो ।

“पछिल्लो ३ घण्टामा रूपन्देहीको सुर्यपूरा र आसपास क्षेत्रमा भारी बर्षा भएकाले कञ्चनखोला, दानो खोला र स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने, सतर्क रहौ । जल तथा मौसम विज्ञान विभाग”

त्यस सन्देशलाइ हेरेर हरेक मान्छे चिन्तित भए कि येस पाली ता हाम्रो नदि को किनार मा भएको सबै बालिनली पानी मा डुबछा होला । हिजो जसरी जसरी समय बित्दै गयौं ।

त्यस्तै समय को साथ साथमा पानी को स्तर पनि बध्ना थल्यो । फेरि साझा ६:२८ बजे तिर येहि लुम्बिनी जाने मुख्य बाटोमा अलिकति मात्र बाढी को पानी पुगेको थियो ।

आज बिहान ८:०० बजे फेरि तेहि गयेर हेरे अनि मा त अचम्मा भए कि १५० मि० बन्दा बढी बाटो पानी मा दुबियेको छ । येस्तो अवस्था मा पनि मन्छेहरुले आआफ्नो आवतजावत कायम गरेका छन ।

लुम्बिनी ककरहवा जाने मुख्य बाटो

किनभने भारत को ककरहवा बजार जाने मुख्य बाटो हो । यो लुम्बिनी का मन्छेहरु संग कुनै अर्को बाटो को विकल्प ना भएको कारणले गर्दा आफ्नो ज्यान माथी खेलेरा बाटो पार गरिरहे छन । यहि बाढी को काख मा एउटा सानो गाउँ माहुरी पनि पर्छ ।

र यो गाउँ चारैतिर बाट पानीले घेरिएको छ । अनि त्यस पछी एउटा ठुलो गाउँ कालिदह ( लु० सा० ना० पा० – १३ ) पनि पर्छ ।यो गाउँ मा बाढीको पानी मुख्य बाटो पार गरेर गाउँमा प्रवेश गर्न थालेको छ ।

कालीदह

सबै मन्छेहरु एकदम चिन्तित भैसकेका छन । किनाभने एक ता तिनीहरु को बालिनली पानीमा दुबियो , अर्को तिर पानीको स्तर बढी रहेको छ । यो पानी गाउँ भित्र प्रवेश गरिरहे छ ।

यो येत्रो ठुलो बाढी आउनु भन्दा पहिला एउटा अरु बाढी आएको थियो । त्यो बाढी कम्तीमा ५ दिन सम्मा रहेको थियो ।सबै को बालिनलि त्यही पुरानो बाढीमा गालिसकेको थियो ।

अब यस पाली त्यस भन्द ठुलो बाढी आयो । यसले ता बचेको बालिनली पनि गालाइ दिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

2 thoughts on “२४ घन्टा भित्र लुम्बिनी जाने मुख्य बाटो बाढीमा डुबियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Messenger Rooms के हो ? र कसरी प्रयोग गर्ने ?

ShareTweetSharePin0 SharesMessenger Rooms Facebook को एउटा येस्तो नयाँ तरिका हो । जहाँ तपाईंले आफ्ना मन पर्ने साथीहरू संग Video Chat गर्न सक्नु हुन्छ । र यो प्रणाली तपाईंले आफ्नो Android मोबाइल र Laptop वा Computer दुबैमा प्रयोग गर्न सक्नु हुन्छ । तपाईंले यस प्रणाली को मदतले  Voice Call र Video […]

Subscribe US Now