सरकारी शिक्षकको तलब कटौती गरेर निजीका शिक्षकलाई देउ– सुग्रीम वि.क

0
70
boarding school by lovelumbini
boarding school by lovelumbini

कोरोना नियन्त्रणको नाममा मुलुक ठप्प भएको ६ महिना पुगिसक्यो । यो बीच सरकारले गरेको कामको मूल्यांकन जनताले गरिरहेकै छन् । देशै भरिका अधिकांश निजी तथा सरकारी विद्यालय पूर्ण रूपमा बन्द छन् । अझै लामो समय खुल्न सक्ने अवस्था पनि देखिँदैन । धेरै विद्यार्थी सहरबाट गाउँ फर्किसकेका छन् । सरकार वा विद्यार्थी दुवैले चाहेर पनि यो शैक्षिक सत्रलाई जोगाउन सकिँदैन । निजी विद्यालयका सञ्चालक र शिक्षकहरू आर्थिक रूपमा कमजोर बन्दै गइरहेका छन् । तलबको भरमा परिवार पाल्नेहरूको जीवन निकै कठिन भइरहेको छ । सरकारले महामारीको बेला निजी विद्यालयलाई बेवास्ता गर्‍यो ।

अतः सरकार ती निजी विद्यालयमा श्रम बेचेर जीवन चलाउनेहरू यो देशका नागरिक होइनन् ? किन उनीहरूलाई यतिबिघ्न बेवास्ता ? किन उनीहरूको समस्याले तिमीलाई छुन सकेको छैन । सामुदायिक विद्यालयका शिक्षकहरूले राजस्वबाट तलब बुझिरहेका छन् । महामारीमा पनि उनीहरूको सुविधामा तिमीले कुनै कटौती गरेका छैनौ । कम्तीमा यसको आधा मात्रै भए पनि निजी विद्यालयको व्यवस्थापनमा छुट्याऊ । यसो भयो भने मात्रै निजी शिक्षकहरूले हामी पनि यो देशका नागरिक हौं भन्ने महसुस गर्न सक्छन् । र , उनीहरूको परिवारले महामारीमा दुई छाक राम्रोसँग खान पाउँछन् । केही न केही निर्णय त गर । यसरी अनिर्णयको बन्दी बनाइनु कदापि ठीक होइन । – सुग्रीम वि.क

Also Read:- पैसा हाम्रो लागि किन आवस्यक छ ? Why Money Is Important ?

Also Read:-  स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali

Also Read:- How to create more wealth in life

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here