हो यसरी हो समृद्धि हासिल गर्ने !
धेरै जसो आजका युवाहरु वैदेशिक रोजगारमा आकर्षित भएका, कतिपय युवाहरु नेता कै जीउहजुरीमा दिन बिताईरहेका र कतिपय युवाहरु फेसबुक मै मस्त भईरहेको अवस्थामा बर्दिया जिल्लाको बाॅसगढी नगरपालिका वडा नं.-६ नारायणपुर गाँउका युवाहरू कृषिमा आकर्षित भई बेमौसमी तरकारीखेती गरिरहेका छन् । यस बर्ष ५ विगाहा जग्गामा तरकारी खेति गरी कृषि हबको रूपमा बनाउने योजना रहेको युवा कृषक कमलनाथ थारु, बडघर जिवन चौधरी,राम लाल थारुबाट जानकारी प्राप्त भएको वडा अध्यक्ष दशरथ चौधरी आफ्नो फेसबुक वालमा लेखेका छन। अब हमीहरुले यहाँहरु बाट प्रेरणा लिनुपर्छ यहाँहरुले यो कुरा प्रमाणित गरिदिएका छन । की हाम्रो गाऊ घरमा ब्यापार गर्ने ठूलो संभावना छ । हमीहरुले बिदेश न गई आफ्नै देशमा व्यापार गरेर बसेरा धेरै पैसा कमाउन सक्छौ । युवाहरुलाई विदेश भन्दा स्वदेशमै पसीना बगाए मरूभूमिमा मुल फुटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नपनि यो खेती गरेको हो उहाँले बताऊनुभयो।




Also Read :- लुम्बिनी विकास कोषबाट प्राप्त स्वास्थ्य सामाग्री रुपन्देही र रामग्राम नवलपरासीलाई।
[…] Also Read :- बर्दिया जिल्लाका युवाहरु बेमौसमी तरक… […]