यी काम गर्नुस तपाइको जीवन सुखी हुनेछ ।

Anil Patel 7

यी काम गर्नुस तपाइको जीवन सुखी हुनेछ

हरेक मान्छेहरु भन्छन कि मलाई राम्रो जीवन चाहिन्छ । तर राम्रो जीवन प्राप्त गर्नको लागि चाहिने ठिक मुल्य दिन चाहदैनन । त्यही भएर धेरै जसो मान्छेहरु राम्रो जीवन प्राप्त गर्न सकिदैनन । मैले तपाईं संग एउटा प्रश्न सोधदैछु , कि तपाईंलाई केही कुरा प्राप्त गर्नुछ भने तपाईं के गर्नु हुन्छ ? येदि त्यो कुरा पैसा बाट मिल्छ भने तपाईं पैसा दिनु हुन्छ , येदि त्यो कुरा मिहिनेत बाट मिल्छ भने तपाईं मिहिनेत गर्नु हुन्छ , हैन र हो । त्यस्तै यो सन्सारमा कुनै पनि वस्तु प्राप्त गर्नको लागि तपाईंले त्यसको मूल्य तिर्नै पर्छ । ठिक त्यस्तै राम्रो जीवन प्राप्त गर्न को लागि त्यसको सहि मूल्य तिर्नै पर्छ । तल राम्रो जीवन प्राप्त गर्नको लागि चाहिने आवस्यक कुराहरु बुदागत रूपमा उल्लेख गरिएको छ । येदि तपाईंले तल बताएको काम अफु भित्र प्रयोगमा ल्याउनु भयो भने विश्वास गर्नुस तपाईं अवस्य नै राम्रो जीवन प्राप्त गर्न सक्नु हुन्छ ।

१. आफ्नो लक्ष्यको लागि धेरै राति सम्मा काम गर्नु ।
सब भन्दा पहिला तपाईं यो Define गर्नुस कि तपाईंको लागि राम्रो जीवन के हो भनेर । अनि यो कुरको निर्णय लिइसके पछी त्यो सबै बुदाहरुलाइ एउटा कापीमा लेखीहाल्नुस र एउटा एउटा काम गर्न सुरु गर्नुस । किनकि तपाईं जति चाहे पनि त्यो काम तब पुरा हुन्छ । जब तपाईंले त्यस माथी काम गर्न सुरु गर्नु हुन्छ । अब तपाईं आफ्नो लक्ष्यको लागि धेरै राती सम्मा काम गर्नुस तब मात्र तपाईंको लक्ष्य कम समयमा पूरा हुन सक्छ । किनकि हामीले हाम्रो जन्म भए देखि आज सम्मा काम गर्दै आएका छौ तर पनि हाम्रो जीवन त्यति राम्रो हुन सकेको छैन । त्यही भएर तपाईंलाइ आफ्नो लक्ष्य प्राप्त गर्न को लागि धेरै समय चहिन्छ ।

२. पैसा को निवेश गर्नु ।
राम्रो जीवनयापन गर्न को लागि सब भन्दा अवस्यक वस्तु हो पैसा । किनकी पैसा को आवस्यकता हरेक पैलामा हुन्छ । कुनै पनि वस्तु खरिद गर्नु को लागि पैसा चहिन्छ । र राम्रो जीवन व्यतीत गर्न को लागि पनि धेरै पैसा चाहिन्छ । आफ्नो परिवारलाइ खुशी बनाउन र आफ्नो परिवार को हरेक ईच्छा परिपुर्ति गर्नु को लागि पैसा चाहिन्छ । त्यही भएर धेरै पैसा कामाउने प्रयास गर्नुस । अनि कमाएको पैसा राम्रो ब्यपार मा निवेश गर्नुस । येदि येस्तो गर्नु भयो भने एक दिन तपाईंसंग धेरै पैसा आउन सुरु हुन्छ र तपाईंको परिवार को सपनाहरु सकार हुँदै जान्छ अनि तपाईंको परिवार खुसी हुन्छ । त्यही नै राम्रो जीवन को एक उदाहरण हो ।

३. आफू भित्र राम्रो बानी बसाल्नुस ।
राम्रो जीवन व्यतीत गर्न को लागि तपाईं भित्र राम्रो बानी हुन एकदम अवस्यक छ । तब मात्र तपाईंले आफ्नो घर समाजमा सम्मान पाउनु हुन्छ । त्यसै कारणले गर्दा आफू भित्र राम्रो बानि बसाल्नुस र खराब बानिलाई एक एक गरेर छोड्नुस । येदि येस्तो गर्नु भयो भने तपाईंले आफ्नो समाजमा धेरै मानसम्मान पाउनु हुन्छ । सम्मान साथ जीवन बिताउनु नै राम्रो जीवन को उदाहरण हो ।

Also Read :- What is Messenger Rooms ?

४. बिहान छिटो उठनु ।
राम्रो जीवन प्राप्त गर्नको लागि तपाईंले दिनहुँ छिटो उठनु पर्छ । किनकि राम्रो जीवन भनेको शारिरिक र मानसिक रुपले पनि पुर्ण स्वस्थ्य हुनु हो । बिहान छिटो उठनाले हाम्रो शारिर धेरै स्वस्थ हुन्छ । र हामीले दिन भरी राम्रो मह्सुस गर्छऔ । बिहान छिटो उठे पछी कम्तीमा १० मिनेट सम्मा धयान गर्नुस र नुहाउनुस येस्तो गर्नाले हाम्रो शरीर दिन भरी Energetic रहन्छ । अनि हामी अल्छिपन पनि मह्सुस गर्दैनौं । दिनदिनै येस्तो गर्नाले हाम्रो जीवन राम्रो हुँदै जान्छ।

५. नयाँ नयाँ कुरा को जानकारी लिनुस ।
राम्रो जीवन व्यतीत गर्ना को लागि नयाँ नयाँ कुरा को जानकारी लिन आवश्यक छ । तपाईंले आफुलाइ यो सन्सार को परिवर्तन संगै Update गर्दै जानु पर्छ । किनकी एउटा सानो मोबाईल पनि हरेक समय update हुँदै जान्छ । भने यो ता हाम्रो जीवन हो यसलाइ कतिको Update गर्नु पर्छ । तपाईं आफै कल्पना गर्नुस ।

तसर्थ :- येदि तपाईंले माथी उल्लेख गरेको कार्य पुरै जोस जागरले गर्दै गयौं भने तपाईंको जीवन राम्रो हुँदै जान्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Next Post

भारत मा PUBG Game निषेध हुने सम्भावना

ShareTweetSharePin0 Sharesभारत मा PUBG Game निषेध हुने सम्भावना भारत सरकारले चाडैं नै Player Unknown’s Battlegrounds  – PUBG माथी प्रतिबन्ध लगाउन सक्छ । भारतिय सरकार द्वारा ५९ चिनी एप्स माथी प्रतिबन्ध लगाएको एक महिना पछी अरु २७५ एप्स माथी प्रतिबन्ध लगाउने रिपोर्ट को सुझाव अन्लाईन सुरु भइसकेको छ । जसमा टिकटोक […]
Pubg game

Subscribe US Now