परिवर्तनका लागि युवा नेपालको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई पुस्तक उपलब्ध गराइएको

1
86
youth for change nepal

परिवर्तनका लागि युवा नेपालको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई पुस्तक उपलब्ध गराइएको छ ।तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले चिकित्सालय परिसरमा पुगेर हामीले आज किताब उपलब्ध गराएका छौँ । हामीले किताब संकलनका लागी फेसबुकबाट आह्वान गरेका थियौं । पढिसकेर घरमै थन्किएका किताब अथवा नयाँ किताब पनि संकलन गरिने योजनाअनुरुप हाम्रो अभियानमा यसपटक कुल ६७ किताब संकलन भए । ती पुस्तक लिएर हामी चिकित्सालयमा पुग्यौँ । चिकित्सालयका डा. विनोद पौडेल, डा. पुष्कर पौडेल, डा. नन्दलाल रानामगर अनि व्यवस्थापक हरिप्रसाद सापकोटाको रोहवरमा ती पुस्तक चिकित्सालयलाई बुझायौं । हामीले बुझाएका यी पुस्तक अहिले कोभिड संक्रमित भै चिकित्सालयमा स्वास्थ्यलाभ गरिरहनु भएका हरूले अध्ययन गर्नुहुनेछ । अध्ययन पश्चात् पनि यी किताब यहीँको पुस्तकालयमा रहनेछन् ।

यो अभियानमा हामीलाई निम्न व्यक्तिहरूबाट निम्नलिखित पुस्तकहरू प्राप्त भएका हुन् ।

१) संजय भट्टराई – योगमाया,नथिया, आधा आकाश, मैले देखेको देश – ४ किताब २) अविनाश पन्थी -चक्रव्युहमा चन्द्रसूर्य , उर्गेनको घोडा, समृद्द नेपालको मार्गचित्र, आमाले सक्नुहुन्छ ,अख्तियारको थुना मेरो समझना- ५ किताब ३) राजु चापागाई – निर्वाण, कैरन ,जुइनो- ३ किताब ४) टिकाराम राना – छाउघर,पल्पसा क्याफे – २ किताब ५) शिव पराजुली – द सुप्रीम ह्युमन- १ किताब ६) आदर्श सुशिल – पल्ली, गो अहेड, शब्दयात्री ,प्रत्येक श्वासमा आनन्द – ४ किताब ७) कृष्ण तिवारी – जीवन काडा कि फुल , योगमाया- २ किताब ८) विश्वास लामिछाने – उर्गेनको घोडा ,स्पार्टकस आदिविद्रोही , राज्यपुनसंरचना गोरखा र गोर्खाली प्रतिभाहरु- ३ किताब ९) सम्पुर्ण किताब नारायणगढ – एकान्तवास, निर्णय, कुटी ,कुमाता -४ किताब १०) पुरन रिजाल -पाताल, बेकारिमा,मलाया एक्स्प्रेस- ३ किताब ११) नवीन भुसाल – सिंहदरबार बदल्ने संघर्ष-१ किताब १२) अजय पंगेनी – छलियुग, पुनरागमन- २ किताब

Also Read:- आजै देखि वीरगन्जमा प्लाज्मा थेरपी बाट कोरोना सन्क्रमितको उपचार हुने सुनिस्चित भएको

१३) ज्योती दवाडी – फेरा -१ किताब १४) रोशन पौडेल – महको म- १ किताब १५ ) राम स्टेशनरी एण्ड अडर सप्लार्यस दलदले- एलानी,महारानी,लियोनल मेसी- ३ किताब १६) खेमबहादुर सारु- दमिनी भीर , मोज- २ किताब १७) खिमानन्द भुसाल- श्रीमदभागवत गीता,लालीगुरास, मेरो अधिकार मेरो आवाज २ थान ,हाम्रो बाल क्लब ,हामी सुरक्षित छौं कचहरी नाटक- ६ किताब १८) एल एन दवाडी- नेपाल बालक्लब रण्नीतिक योजना, मानव अधिकार संवाहक, मानवअधिकार सम्बन्धी जान्न पर्ने कुराहरु,ज्ञान गंगा, प्रेरणै प्रेरणा-५ किताब १९) करूणासागर सुवेदी सागर मौरीपालन उद्योगका प्रबन्ध निर्देशक- रामायण ,गीता ,मुनामदन , हारून्निसको हाँसो, दिव्योपदेश, तरुण तपसी , घामपानी ,बाबू आमा र छोरा , ऋणान्तकी ५ थान-१३ किताबयस अभियानमा सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

Also Read:- जीवन परिवर्तन गर्ने पाँच मूल मन्त्र

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here