“जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”

0
63

कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका वार्ड नं.४ मोतीभारीमा अवस्थित छ ।बाटोको पश्चिम छेउमा यो कन्या बिद्यालय अवस्थित छ । बिद्यालय जान र फर्कन बालिकाहरुलाई दुख झेल्न परीरहेको छ । बिद्यालयमा प्रबेश गर्न कुलो पार गर्नु पर्ने , कुलो पार गर्न बिद्युत पोलको सहारा ।

पोलबाट अलि ध्यान यता उता गयो कि हाथ खुट्टा भाँचिने डर , यो जाडोमा त झन खतरा पानीमा डुबिन्छ , कपडा र ब्यग भिज्छ , हाथ खुट्टा भाचिएमा औषधी कसले गराई दिने यि चिन्ता उक्त बिद्यालयका बालबालिकाहरुमा सताई रहेको हुन्छ ।त्यती मात्र होईन टाढा टाढा बाट साईकिल चलाएर आउने बिशोरीहरुले साईकिल बिद्यालयको हाता भित्र पुर्याउन सक्दैनन ।

साईकिल बाटोमै स्टैण्ड गर्नु पर्छ । जसले गर्दा बाटो बाट साईकिल चोरी हुन्छ कि ? कसैले हवा निकालदिन्छ की ? यो चिन्ताले किशोरीहरुको जिउ कोठामा रहेपनि दिमाग बाहिर सडकमा पार्किग गरेको साईकिलमा रहेको कक्षा आठमा अध्ययन गर्ने किशोरीहरु बताउँछिन ।

ह्जारौले दैनिक हिडने बाटोमा साईकिल स्टैण्ड राख्दा दुर्घटना हुने उत्तिकै सम्भावना रहेको छ ।बिद्यालय ब्यवस्थापन समितका अध्यक्ष तथा शुद्धोधन गाउँपालिका उपाध्यक्ष सुधा देबी पाण्डेय यही बाटो हरेक दिन कार्यालय आउने र जार्ने गर्नु हुन्छ । उहाँको पनि नजर यस तर्फ परेको छैन । त्यसै गरि वाडाध्यक्ष नरेश अहिरको पनि पालिका आउने जाने तथा बजार गर्ने बाटो यही हो । कसैले पनि उक्त बालिकाहरुको पिडा बुझेनन् । एक पटक पालिका पदाधिकारीहरुले उक्त बिद्यालयको भ्रमण पनि गर्नेहो की ?

Creadit: Tulsi Ram Yadav

https://www.facebook.com/profile.php?id=100007115475562

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here