च्युइङ्गम चपाउँन सबैलाई मन पर्छ। बच्चा देखि जवान सबै च्युइङ्गम चापाउँन मन पराउँछन् । कतिपय मान्छेत यसलाई फेशन र स्टाइल पनि मान्छन्। यसको धेरै फाइदा पनि छन् , जस्तै तौल घटाउन, मुख ताजा राख्न यो सहयोगी हुन सक्छ।
च्युइङ्गम निल्दा के हुन्छ भन्ने बारे धेरैमा अन्योलता हुन सक्छ। च्युइङ्गम निल्दा स्वास्थ्यमा ठूलै समस्या आउने भ्रमित मानसिकताका कारण मानिसहरु तनावमा हुन सक्छन्। निलेको च्युइङ्गम धेरै वर्ष सम्म पेटमै रहने भ्रम रही आएको छ। यधपी, खोजकर्ताका अनुसार त्यो सत्य भने होइन। वास्तवमा न्यू योर्कको ल्यागोन मेडिकल सेन्टरले गरेको अनुसन्धान अनुसार च्युइङ्गम गल्तीले पेटमा गयो भने पनि नआत्तिनुहोस्, यो पनि खाना जसरीनै पचेर जान्छ तर केहि ढिलो पच्छ।
के हुन्छ त असर?
यदी गल्तीले च्युइङ्गम निल्नु भयो भने चिन्ता नलिनुहोस् ,किनभने यो पनि अरु खान जस्तै पच्छ, तर ढिलो । हाम्रो पाचन प्रणालीमा हुने एसिड र एन्जाइम्स हुन्छ जसको मद्दतले च्युइङ्गम पचाउन सहयोग पुर्याउँछ।
कति समय लाग्छ त ?
सामान्य खाना केहि घण्टामै पच्छ तर च्युइङ्गम पच्न भने दुइ देखि तीन दिन सम्म लाग्छ। सबैको पाचन प्रणाली एकै जसो हुन्न त्यसैले गर्दा कसैले दुई दिनमा पचाउँछन् त कसैलाई तीन दिन लाग्न सक्छ।
डाक्टरसँग सल्लाह लिनुहोस्
यदी केहि दिनसम्म पनि च्युइङ्गम शरीरबाट बाहिर आएन भने डाक्टरको सल्लाह लिन जरूरी हुन्छ। च्युइङ्गम शरीरबाट बाहिर निस्केन भने शरिरको तापक्रम सामान्य भन्दा बढ्छ र रगतको चाप पनि बढ्दछ।
च्युइङ्गम खानुको फाइदा
च्युइङ्गम चपाउँनुको फाइदापनि छन् । जस्तै यसले तपाईंको गीजा बलियो बनाउन मद्दत गर्छ किनकि यो चपाउँदा तपाईंको दातको व्यायाम हुन्छ। यसका साथै खाना खाईसकेपछि च्युइङ्गम चपाउँदा यसले दातमा फसेका खानाको पनि सफाई गर्छ। च्युइङ्गम चपाउनु एक प्रकारको मुखको व्यायाम पनि हो।